नियम ३
सवारी साधनको विवरण दिने
(१) कर लाग्ने सवारी साधनका धनीले सो सवारी साधन दर्ता गराउनु भन्दा अगावै र दर्ता भईसकेको भए सवारी साधन कर दाखिल गर्नु पर्ने म्याद अगावै अनुसूची– १ बमोजिमको ढाचामा आवश्यक विवरण भरी कर अधिकृत छेउ दाखिल गर्नु पर्नेछ ।
तर यो नियमावली प्रारम्भ हुनुभन्दा अगावै सवारी साधनको विवरण दाखिल गरी सकेका सवारी साधनका धनीले पुन विवरण दाखिल गर्नु पर्ने छैन ।
(२) उपनियम (१) बमोजिम सवारी साधनको विवरण प्राप्त भए पछि कर अधिकृतले सो विवरण आफै जाच्न वा कुनै विशेषज्ञद्वारा जाच्न लगाउन सक्नेछ । यसरी सवारी साधनको विवरण जाच गर्दा सवारी साधन दर्ता हुन बाकी भए सवारी साधन समेत कर अधिकृत समक्ष वा निजले तोकेका विशेषज्ञ समक्ष दाखिल गराई विवरण भिडाउन सकिनेछ । दर्ता भइसकेको सवारी साधन भए दर्ताको प्रमाणपत्र (व्ल्यू
बूक) सित उक्त विवरण भिडाउन सकिनेछ ।